४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको विदेश भ्रमण उपलब्धी चन्दन लगाउने र मानसरोवरमा डुबुल्की मार्ने: ओली

कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओली। तस्बिरः चुमन बस्नेत/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमणको उपलब्धी दक्षिण तिर जाँदा पुण्डरी चन्दन लगाउने र उत्तरतिर जाँदा मानसरोबरमा डुबुल्की मार्ने मात्रै भएको टिप्पणी गरेका छन्।

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणको उपलब्धी पुण्डरी चन्दन लगाउने र सरोबरमा डुबुल्की मार्ने मात्रै भएको टिप्पणी गरेका हुन्।

ओलीले देशको हितका विषयमा बोल्न नसक्ने प्रधानमन्त्रीले  विदेशको भ्रमण नगर्नु नै उपयुक्त हुने बताए। ओलीले भने,‘अहिलेका प्रधानमन्त्रीको विदेश भ्रमणको उपलब्धी एकातिर गएर गेरुबस्त्र ओडेर, पुण्डरी चन्दन लगाउने र अर्कोतिर गएर सरोवरमा डुबुल्की लगाउने भन्दा बढी केहि भएन।’ उनले देश आर्थिक संकटमा परेकोवेला पिक्निक खान गएजस्तो प्रधानमन्त्री दुई साता लामो विदेश भ्रमणमा जानु गलत भएको बताए।

ओलीले देशलाई आर्थिक विकासमा अघि बढाउने नेकपा एमालेले मात्रै सक्ने अरु कसैले पनि नसक्ने दाबी गरे। माधव नेपाल र प्रचण्डसँग रुष्ट भएका ओलीले माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा व्यूँताउने हावादारी कुरा गरिरहेको आरोप लगाए। ओलीले माधव नेपाल र प्रचण्डले कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई नै सिद्याउने षडयन्त्र गरेको भन्दै  कम्युनिष्ट पार्टी कमजोर बनाउनेलाई कम्युनिष्ट भन्न नसकिने बताए।

नेकपा एस् र माओवादीले अलमल्याएर राखेका कार्यकर्तालाई एमालेमा ल्याउन कार्यकर्तालाई निर्देशन समेत दिए। अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार देशर जनतालाई रुवाउने पीलो भएको बताए। उनले भने,‘गठबन्धन सरकार देश र जनतालाई धरधरी रुवाउने पीलो हो।’ ओलीले कोशी प्रदेको अधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न नभए निर्वाचनबाट नेतृत्व चयन गर्न तर, कुइना ठोकाठोक नगर्न कार्यकर्तालाई निर्देशन दिए। ‘सहमति नभए निर्वाचनबाट नेतृत्व चयन गर्नुहोस्’ ओलीले भने,‘तर, हारें जितें भनेर कुइना ठोकाठोक नगर्नुस्।’

कार्यक्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकको अस्थिरता अनत्य गर्न एमालेले मिसन ८४ घोषणा गरेको बताए। मिसन ८४ अभियान देशैभर सञ्चालन भइरहेको र यसले पार्टीलाई २०८४ को निर्वाचनमा सबै भन्दा ठूलो पार्टी बनाउने लक्ष राखेको पोखरेलले बताए। पार्टीलाई सुदृढ बनाउन दक्षिणपन्थी अवसरबाद र सांगठनिक अराजकता अन्त्य गर्न आवश्यक रहेको पोखरेलको भनाइ छ।  

प्रकाशित: १२ आश्विन २०८० ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App