२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

४ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ।

बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ। आजै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबाट समितिमा प्राप्त निवेदनका सम्बन्धमा महासङ्घका प्रतिनिधिहरू, गाँउपालिका र नगरपालिका महासङ्घका प्रतिनिधिहरू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री,लगायतका पदाधिकारीहरूसँग क्रसर तथा खानी उद्योग सञ्चालन गर्दा भोग्नुपरेका समस्याहरू र उद्योग नविकरणका सम्बन्धमा छलफल हुनेछ। बैठक केहीबेरमा सुरु हुनेछ।

अहिले केहीबेरमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० का प्राविधिक पक्षका सम्बन्धमा विज्ञसँग छलफल हुनेछ।  

यस्तै बिहान १० बजेदेखि जारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चिकित्सकहरूमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित सङ्घ संस्थाहरूसँग छलफल भइरहेको छ।

प्रकाशित: १२ आश्विन २०८० ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App