२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ गतेदेखि

नेकपा एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरमा हुने भएको छ। असोज २४ गते मधेश प्रदेशको राजधानी जनकपुरमा हुने अधिवेशन दुई दिनसम्म चल्नेछ।

अधिवेशनका लागि जनकपुरमा बिहीबार एमालेले नारा र लोगो सार्वजनिक गरेको छ। जनकपुरमा बिहीबार पत्रकार सम्मेलन मार्फत एमाले मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले अधिवेशनको नारा र लोगो सार्वजनिक गरेका हुन्।

प्रदेश अधिवेशन तयारीका लागि प्रदेशको ८ वटै जिल्लामा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, जनवर्गीय संगठनको अधिवेशन सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ।

२०८४ सालको निर्वाचनसम्म यहीँ नारालाई मधेश प्रदेमा संगठन विस्तार तथा यहीँ नाराको वरिपरि सिंगो मधेसलाई एकताबद्ध रुपमा गोलबन्द गर्ने पार्टीका प्रदेश अध्यक्ष रामऔतार यादवले बताए।

लोगोले मधेश प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकतालाई उजार गर्न खोजिएको उनले बताए। अधिवेशनका लागि विभिन्न समिति र उपसमिति समेत बनाइएको छ।

प्रकाशित: ११ आश्विन २०८० १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App