१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिटमा संलग्नमाथि सरकारले तत्काल कारबाही नगरे उचित नहुने चेतावनी दिएको छ।

चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि लगातार भइरहेको हातपात, अस्पतालमा भइरहेको तोडफोडले सिङ्गो स्वास्थ्य क्षेत्र नै प्रभावित बनेको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

दोषी जोकोही भएपनि कानूनी उपचारको बाटो खोज्नुको साटो उल्टै चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने, अस्पतालमा तोडफोड गर्ने, दुर्व्यवहार गर्ने जस्ता क्रियाकलापले मुलुकको समग्र स्वास्थ्य सेवा प्रभावित भइरहेको भन्दै रास्वपाले सरकार स्थितिलाई नियन्त्रण गर्न असक्षम देखिएको बताएको छ।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको लापरबाहीका, कमजोरी र असक्षमताका कारण स्वास्थ्यकर्मीहरू बारम्बार मारमा पर्ने गरेको रास्वपाको भनाइ छ। स्वास्थ्य र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्दै यस क्षेत्रमा कुनै पनि प्रकारको बन्द, हड्ताल, तोडफोड, आन्दोलनलाई निस्तेज गरी यस क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमजीविहरूको सुरक्षाको व्यवस्था गर्न पनि रास्वपाले माग गरेको छ।  

प्रकाशित: ९ आश्विन २०८० ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App