४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन जानुभन्दा नेपाल फर्किएर जानु राम्रो- रघुजी पन्त

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।

बैठकको विशेष समयमा सांसद पन्तले प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गरे।  

उनले नेपाललाई आत्मनर्भिर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए। प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन्।

प्रकाशित: २१ भाद्र २०८० १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App