६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवाको समर्थनमा सभापति बन्लान् शशांक?

‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो।

आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभामुखको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारहरू प्रश्नमा शशांकले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं अनि मात्रै निर्णय गर्छु।’

विधानको व्यवस्थाअनुसार चार वर्षमा महाधिवेशन भए अझ १५औं महाधिवेशन हुन २७ महिना बाँकी छ। तर २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानको व्यवस्थाअनुसार चार वर्षमा कहिल्यै भएको छैन। बरू विधानलाई पटकपटक मिच्दै आएको कांग्रेसले संवैधानिक व्यवस्थाअनुसारको समय लिएर मात्र महाधिवेशन गर्ने गरेको छ। तर कांग्रेसका नेताहरूले महाधिवेशनको जोडघटाउ अहिलेदेखि थालेका छन्। १४औं महाधिवेशन भएको २१ महिनामा विधानअनुसार कांग्रेसले कुनै काम गरेको छैन। तर १५औं महाधिवेशनमा उम्मेदवार बन्ने र नेतृत्व हत्याउने होड कांग्रेसमा अहिलेदेखि नै सुरु भएको हो।

‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो।

सोहीअनुसार पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापति देउवाको समर्थनमा सभापतिको प्रत्यासी बन्ने संकेत गरेका हुन्। दसैं र तिहारपछि जिल्ला भ्रमणमा निस्कने तयारीमा रहेका शशांक पार्टीको १४औं महाधिवेशनमा शेखरको पक्षमा खुलेनन्। आमा सुशीलाको स्मृति दिवसमा निकटहरूसँग पारिवारिक एकता आवश्यक रहेको जनाउँदै उनले आगामी महाधिवेशनमा दाजु शेखर र आफू मिलेर अघि बढ्ने बताएका थिए। तर शशांकले देउवाको समर्थनमा सभापतिको प्रत्यासी बन्ने संकेत गरेका हुन्। सोही अनुसार आन्तरिक तयारी उनले थालेका छन्।

शशांक मात्र होइन, पार्टी नेतृत्वका अन्य आकांक्षी पनि देउवासँग निकटता बढाएर नेतृत्वमा पुग्ने चाहनामा छन्। किनकि कांग्रेसको विधानको विद्यमान व्यवस्थाले वर्तमान सभापति देउवालाई नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन।

विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवापछिका नेताहरू अहिलेदेखि नै १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने रणनीतिमा छन्। देउवासँग १४औं महाधिवेशनमा सभापति पदका लागि प्रत्यासी बनेका शेखर सभापतिका आकांक्षी छन्। सोहीअनुसार भेटघाट र कार्यक्रममा सहभागी हुँदै आएका कोइरालाले देउवासँग निकटता बढाएको संस्थापन इतर गुटकै नेताहरूको आरोप छ।

१४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित गगनकुमार थापा पनि १५औं महाधिवेशनमा सभापति पदका लागि आकांक्षी छन्। युवा पुस्तालाई पार्टी नेतृत्वमा पुर्‍याउनुपर्ने नारासहित आगामी महाधिवेशनमा युवा पुस्तालाई आफ्नो पक्षमा पार्ने थापाको रणनीति छ। त्यसका लागि थापासहित उनीनिकट नेताहरूले प्रयासलाई तीव्र बनाएका छन्।

पूर्वउपसभापति विमलेन्द्र निधि पनि सभापति देउवासँग चिसिएको सम्बन्ध सुमधुर बनाएर उनको उत्तराधिकारी बन्ने कोसिसमा छन्। १४औं महाधिवेशनमा देउवाको पक्षमा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पनि देउवाको साथ लिएर पार्टीमा आफ्नो स्थान बनाउन चाहन्छन्।

१४औं महाधिवेशनमा सिटौला र सिंह पनि देउवाको पक्षमा खुलेका थिए। उपसभापति पूर्णबहादुर खड्का पनि देउवाको समर्थनमा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने रणनीतिमा छन्। संस्थापन पक्षको नेतृत्व देउवापछि आफूले गर्ने उनको बुझाइ छ। सोहीअनुसार आफ्नो सक्रियता बढाएका छन्।

तर संस्थापनभित्र उपसभापति खड्काका साथै पार्टी प्रवक्ता प्रकाशशरण महतसहितको नेताहरूको फरक समूह छ। उनीहरू खड्कालाई नेता मान्न अहिलेसम्म तयार देखिएका छैनन्। सभापति देउवा पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा, महतसहितका नेताहरू एक ठाउँमा रहेको निकटहरू बताउँछन्।

शशांक मात्र होइन, पार्टी नेतृत्वका अन्य आकांक्षी पनि देउवासँग निकटता बढाएर नेतृत्वमा पुग्ने चाहनामा छन्। किनकि कांग्रेसको विधानको विद्यमान व्यवस्थाले वर्तमान सभापति देउवालाई नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन।

उनीहरू शशांकलाई पार्टी नेतृत्वमा अघि सारेर आफ्नो स्थान सुरक्षित गर्ने रणनीतिमा रहेको स्रोतको दाबी छ। त्यसका साथै संस्थापन इतरको अहिलेको समूहमा पनि विभाजन आउने र त्यसको लाभ पनि शशांकले उठाउन सक्ने निकटहरूको दाबी छ। १५औं महाधिवेशनमा शशांक र शेखरबीच नै नेतृत्वका लागि मुख्य प्रतिस्पर्धा दाबी गर्दै एक नेताले भने, ‘शेखर र शशांकमध्ये शेरबहादुर देउवाले रोज्नुपर्दा शशांकलाई नै रोज्नेछन्।’

देउवाले मात्र नभएर पार्टीका अन्य नेता पनि शशांकको पक्ष उभिन सक्ने दाबी गर्दै ती नेताले भने, ‘शेखरसँग भन्दा शशांकसँग रिस्क फ्याक्टर कम छ। शेखरले अरूको कुरा सुन्छन्, निर्णय आफ्नो ढंगबाट गर्न सक्छन् तर शशांक नेताहरूले भनेअनुसार हिँड्न तयार हुन्छन्। त्यसैले सबैका लागि उनी अनुकूल हुन सक्छन्।’

सभापति देउवाले आफू बिपीको सच्चा अनुयायी भएको बताउँदै आएको र जीवनको  उत्तरार्द्धमा पार्टी नेतृत्व उनकै छोरामा हस्तान्तरण गर्ने लागेको भनेर ‘इमोस्नल’ कुरा गर्ने सम्भावना पनि रहेको निकटहरू बताउँछन्। पत्नी आरजुसहित निकटहरूको व्यवस्थापनलाई सहज बनाउनेगरी देउवा शशांकको पक्षमा उभिन सक्नेछन्।

प्रकाशित: २१ भाद्र २०८० ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App