२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गौर हत्याकाण्ड प्रभु साहको उक्साहटमा भएको हो: प्रदीप यादव

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा नहान्न चेतावनी दिएका छन् । 

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन । उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्साहटमा भएको पनि बताए ।वीरगञ्जको कासि तिवारीको हत्या मुद्दापनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने धारणा राखे । 

सांसद यादवले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । प्रतिवेदनले आफ्ना नेताहरुलाई दोषी देखाएको भए पनि स्विकार्न तयार रहेको उनको भनाई छ । 

प्रकाशित: १२ भाद्र २०८० ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App