४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभाध्यक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु गलत: नेता कोइराला

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा शेखर कोइराला। तस्बिर: चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभामुखको भूमिकामा रहेका व्यक्तिले  मुख्यमन्त्रीलाई विश्वासको मत हाल्नु गलत भएको बताएका छन्। डा कोइरालाले अघिल्लो पटक भएको गल्तीलाई अदालतले सच्याएर ठीक गरे पनि फेरि गल्ती दोहोरिएको बताए।

डा कोइरालाले मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभाध्यक्षले मत हाल्नु आफूलाई गलतै भएको जस्तो लागेको भए पनि अदालतको निर्णयलाई नै पर्खनु पर्ने धारणा राखे। ‘सभाध्यक्ष भनेको सभाध्यक्ष नै हो विश्वासको मतको पक्षमा मत दिएर गलतै गरेजस्तो मलाई लागेको छ’ कोइरालाले भने ‘फेरिपनि अदालतको निर्णयलाई पर्खौं।’ डा कोइरालाले जव जव राज्य सत्ता कमजोर हुन्छ त्यतिवेला अदालत सक्रिय हुने बताए।

सर्वोच्च अदालतले यस अघि कोशी प्रदेशको सन्दर्भमा गरेको निर्णय उचित भए पनि फेरि त्यहि काम दोहो¥याइएको डा कोइरालाले  बताए। कोशी प्रदेशमा धारा ३ मा जाने र त्यसपछि धारा ५ मा जाने अवस्था कोशी प्रदेशमा देखिएको डा कोइरालाले बताए। डा कोइरालाले अनुसन्धान गर्ने निकायलाई तथस्ट नराखेर प्रधानमन्त्री र गृहमन्त्रीले गाइड गरेपछि सबैखालका अनुसन्धानमा समस्या आउने र अहिले पनि त्यस्तै समस्या देखिइरहेको बताए। कोइरालाले भने,‘अनुसन्धान गर्ने निकाय तथस्ट नभई अनुसन्धान पनि तथस्ट र विश्वाशिलो हुँदैन।’ डा कोइरालाले राष्ट्रपतिले महिना दिन देखि संसद अवरुद्ध भइरहँदा दलका नेताहरूलाई बोलाएर कुरा गर्नु स्वभाविक भएको बताए। उनले राष्ट्रपति सक्रिय भए भन्ने एमालेको आरोप उचित नभएको स्पष्ट पारे।  

प्रकाशित: ५ भाद्र २०८० १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App