४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सभामुखलाई दुरुपयोग गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्। 

प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्त्राइल मन्सुरी समेतको मतबाट कोसीका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत पाएका हुन।

उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैंठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्योजन गरेकी थिइन्।

उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो।

सभामुखले भोट हालेपछि एमालेको नाराजुलुस

कोशी प्रदेशको सभामुखको भूमिका निर्वाह गरिरहेका नेपाली कांग्रेसका इस्रायल मन्सुरीले भोट हालेपछि एमालेका सांसदले नारावाजी गरेका छन्। अधयक्ष मण्डलकी सदस्य गिता तिम्सिनालाई सभामुखको जिम्मेवारी दिएर मन्सुरीले भोट हालेका थिए।

मन्सुरीले भोट हालेपछि एमालेका सांसदहरूले प्रदेशसभा भित्रै नारावाजी गरेका हुन्।

प्रकाशित: ४ भाद्र २०८० १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App