१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज छिमेकी राष्ट्र चीनको भ्रमणमा जाँदै छन्। उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्। 

उक्त मेला साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ। सो मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ। चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन्। उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: २९ श्रावण २०८० ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App