२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा संशोधन विधेयकका पक्षमा

काठमाडौं- राप्रपाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ। बुधबारदेखि बिहीबारसम्म बसेको केन्द्रीय समिति बैठकले संशोधन विधेयकलाई सकारात्मक रूपमा लिने निर्णय गरेको पार्टीका प्रवक्ता भुवन पाठकले बताए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले संशोधन विधेयक किन राष्ट्रघाती छैन भन्ने विश्लेषणसहितको राजनीतिक प्रतिवेदन पेेस गरेका थिए। उनले संशोधन विधेयक पास भएमा असन्तुष्ट दल चुनावमा आउने बताएका थिए। असन्तुष्ट दल चुनावमा आए मुलुकले निकास पाउने उनको भनाइ थियो।

संशोधन विधेयकलाई लिएर पार्टीभित्र रहेको असन्तुष्टि केन्द्रीय सम्पादन समिति बैठकले टुंगो लगाउने निर्णय पनि बैठकले गरेको छ। राप्रपाका केही संासद संशोधन विधेयकको विपक्षमा छन्।

बैठकमा उनले परिमार्जनसहितको संशोधन विधेयक पास गर्न राप्रपा एक भएर मतदान गर्ने बताएका थिए। संशोधन विधेयकलाई लिएर पार्टीभित्र रहेको असन्तुष्टि केन्द्रीय सम्पादन समिति बैठकले टुंगो लगाउने निर्णय पनि बैठकले गरेको छ। राप्रपाका केही संासद संशोधन विधेयकको विपक्षमा छन्।

बैठकमा थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीलाई उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दिन तयार रहेको बताएका थिए। 'प्रधानमन्त्री र प्रचण्डले मलार्ई केही दिनअघि बोलाई राप्रपालाई एक उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन तयार छौं भन्नुभयो। मैले यसबारेे पार्टीमा छलफल गर्छौं भनें,' स्रोतले थापालाई उद्धृत गर्‍यो। आफूसँगै नेता पशुपतिशमशेर राणा पनि देउवा र दाहाललाई भेट्न गएको उनले बताए।

बैठकले हिन्दु राष्ट्रको मुर्द्दा सशक्त रुपमा उठाउने निर्णय गरेको छ। बैठकले सनातन हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सशक्त दबाब दिन नेपाल धर्म तथा संस्कृति परिषद् गठन गर्ने निर्णय गरेको छ। राप्रपाका केन्द्रीय सदस्य मनोज प्रधानले परिषद् पार्टीको भ्रातृ संगठन भएको बताए।

पार्टीको चुनाव चिह्न हलो हुुनुपर्ने पशुपतिशमशेर राणालगायतका नेताको मागबारे पनि बैठकमा छलफल भएको थियो। पार्टी प्रवक्ता पाठकले स्थानीय तहको चुनाव सकिएलगत्तै चुनाव चिह्नबारे शीर्ष तहमा गम्भीर छलफल हुनेछ।

पशुपतिशमशेरद्वारा बैठक बहिष्कार 

नेता पशुपतिशमशेर राणा तीनै दिन बैठकमा अनुपस्थित रहे। राणा स्वास्थ्यका कारण अनुपस्थित रहेको राप्रपा नेताले जनाएका छन्। राणानिकट स्रोतका अनुसार भने उनी अध्यक्ष थापासँग असन्तुष्ट भई बैठकमा सहभागी नभएका हुन्। केही दिनअघि थापाले ४२ जना केन्द्रीय सदस्यको मनोनयन गर्दा राणाले असन्तुष्टि जनाएका थिए। मनोनयन फिर्ता नलिए पार्टीभित्र विग्रह आउने चेतावनी उनले दिएका थिए। थापाले भने मनोनयन फिर्ता नलिने अडान लिएका छन्। बैठकमा थापाबाट मनोनीत ४२ केन्द्रीय सदस्य उपस्थित थिए।

प्रकाशित: ७ श्रावण २०७४ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App