१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांगेस सांसद शर्माको बचाउमा एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरेका छन्।

‘सुनिल शर्मा जत्तिको मान्छे। मेडिकल कलेज चलाएको। विभिन्न गतिविधिहरु गरेको। यस्तो सांसद देश छोडेर भाग्ला र? हतारहतार गरेर उसलाई कारवाही गर्नु पर्ला र?’, उनले आइतबारको विशेष पत्रकार सम्मेलनमा भने।

अध्यक्ष ओलीले सुन प्रकरणको विरोध बोलेकै कारण शर्मालाई पक्राउ गरिएको आशय व्यक्त गरे। ‘गठबन्धनको सांसद पनि बोलेमा समाइदिन्छु। थुनिदिन्छु। जाली मुद्दा लगाउने अनि। यस ढंगले अडान लिनुका पछाडी के छ?’

प्रकाशित: २८ श्रावण २०८० ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App