८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाले सरकार नछाड्ने

गौर हत्याकाण्ड अनुसन्धान गर्न प्रधानमन्त्रीले गरेको ५ बुँदे सहमतिलाई लिएर जनता समाजवादी पार्टी (जसपा)ले सरकार नछाड्ने प्रष्ट पारेको छ। यस विषयमा जसपाले शुक्रबार आफ्नो औपचारिक धारणा राख्ने भएको छ।

औपचारिक धारणा राख्न जसपाले शुक्रकार पत्रकार सम्मेलन गर्ने भएको छ। ‘प्रधानमन्त्रीले गरेको ५ बुँदे सहमतिको विषयलाई सरकार नै छाड्ने भन्ने हुँदैन। तर यस हाम्रो आफनो धारणा छ,’ जसपाका प्रवक्ता मनिष सुमनले भने, ‘यी सबै विषयमा हामीले शुक्रबार सबै विषयमा प्रष्ट पार्ने छौ।’

गौर हत्याकाण्ड अनुसन्धान गर्न प्रधानमन्त्रीले ५ बुँदे सहमति गरेपछि जसपाका नेताहरू सरकारसँग झस्केका छन्।

तर यही कारण सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी)सँग पार्टीको सम्बन्ध नबिग्रने प्रवक्ता सुमनले बताए। जसपा स्रोतका अनुसार प्रधानमन्त्रीले गौर हत्याकण्ड अनुसन्धान गर्न सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादववीच टेलिफोन कुराकानी भएको छ। यस विषयमा नआत्तिन प्रधानमन्त्रीले यादवलाई आग्रह गरेको जसपा स्रोतको भनाइ छ ।

प्रकाशित: २६ श्रावण २०८० ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App