१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आयोग नै बनाउने भए निर्मला पन्तको हत्या अनुसन्धान गर्न बनाऔं: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्याको अनुसन्धान गर्नका लागि आयोग बनाउन प्रस्ताव गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले आयोग नै बनाउने भए निर्मला हत्या प्रकरणको अनुसन्धान गर्न आयोग बनाउन प्रस्ताव गरेका हुन्। 

उनले भने, 'आयोग बनाउने नै भए कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको बिषय अहिलेसम्म अनुसन्धान गरेर पत्ता लाग्न सकेन। यसमा बनाउन। विषय प्रवेश गरेर अनुसन्धान गरी पुष्टि गर्न नसकेका यस्ता फाइलहरु धेरै छन्। यो फाइल खोल्ने ध्यान छैन्। अनुसन्धान सुरु भएको बिषयमा संयम गरौं।'  

प्रकाशित: २३ श्रावण २०८० ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App