२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष दाहालले जवाफ दिने

फाइल तस्बीर

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन्। शनिबारको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफनो धारणा राखेसँगै केन्द्रिय सदस्यले धारणा राख्ने क्रम सकिएकाे छ। आजको बैठकमा केन्द्रिय सदस्यले उठाएका प्रश्नमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएपछि बैठक सकिनेछ।  

जारी बैठकमा मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन्।

प्रकाशित: २१ श्रावण २०८० ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App