२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले जनताको पक्षमा काम गर्न सकेनः नैनसिंह महर

फाइल तस्बिर

नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिएका केन्द्रिय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भिर नरहेको आरोप लगाए । जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए । महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताए । 

उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको धारणा व्यक्त गरे । फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए । 

प्रकाशित: २० श्रावण २०८० १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App