१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्छ: मन्त्री ज्वाला

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्।

आज एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताएका हुन। उनले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरूप सजिलो ठाउँमा र अरूलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै निजामती सेवालाई पूर्व अनुमान योग्य पनि बनाउनुपर्ने बताए। सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने मन्त्री ज्वालाको भनाई छ।उनले संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकार लागेको पनि बताए।  

प्रकाशित: १५ श्रावण २०८० १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App