३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज समाजवादी मोर्चाले विद्यार्थीहरूको मोर्चा सार्वजनिक गर्दै

फाइल तस्बिर

समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरुले आज मोर्चाको घोषणा गर्दैछन् । माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्दैछ।

घोषणा कार्यक्रमा ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे हुने विद्यार्थीले जनाएका छन्।  

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

संघीय संसद् भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न लागेका हुन। 

प्रकाशित: १४ श्रावण २०८० ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App