४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ : नेता डा कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको बताएका छन।

नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित  साधारणसभामा उनले  स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गरे। संरक्षकसमेत रहेका डा कोइरालाले प्रतिष्ठान सेवामुलक संस्था भएकाले मुलुकलाई आवश्यक पर्ने  स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए।

महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हकहित स्थापनामा स्व कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे। प्रतिष्ठानका अध्यक्ष  डा नारायण कुमार, उपाध्यक्ष हसन अन्सारी, गोपालमान सिंह राजभण्डारी, पूर्वप्रदेशसभा सदस्य शान्ता पौडेल, निर्मला कोइराला, नीरञ्जन रिजालले स्व कोइरालाले देखाएको बाटो अनुसरण गरेमा गरिब एवं सीमान्तकृत नागरिक शिक्षा एवं स्वास्थ्य सेवाबाट वञ्चिन नहुने विचार राखे।  

प्रकाशित: १३ श्रावण २०८० १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App