१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको  सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन।

प्रकाशित: ६ श्रावण २०८० १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App