८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतासँग जोडिएला कांग्रेस?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठक। तस्बिर: विजय राई/नागरिक

‘यो देश आफैंमा पनि पुरानो हो। पुरानो नाता सम्बन्धलाई तोडिराखेर, नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार ३० गते तमु संघले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको अभिव्यक्ति हो यो। मुलुकको पुरानो तथा लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको नेपाली कांग्रेसप्रति जनताको आकर्षण घट्दै गएका बेला महामन्त्री शर्माको यो भनाइ आएको हो।

पार्टी नेता तथा कार्यकर्ता कांग्रेसप्रति असन्तुष्ट हुँदै नयाँ दलप्रति आकर्षित हुँदै गएका छन्। गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदाएका नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कांग्रेसका मात्र होइन, एमाले, माओवादी केन्द्रसहित पुराना दलका नेता तथा कार्यकर्ताको आकर्षण बढेको देखिन्छ।

ठुला दलप्रतिको वितृष्णा निर्वाचनमार्फत यही दलमा पोखिएको हो। भलै यो पार्टीको सैद्धान्तिक धारणा स्पष्ट भइसकेको छैन। जनता रास्वपाको नीति तथा कार्यक्रम, सिद्धान्त र योजनाका कारण त्यसतर्फ आकर्षित भएका होइनन्, पुराना र ठुला दल कांग्रेस, एमालेसँगको आक्रोश र असन्तुष्टि त्यहाँ गएर पोखिएको हो।

१०४ वर्ष लामो राणा शासन अन्त्यदेखि संविधानसभाबाट संविधान जारी र कार्यान्वयनको अगुवाइ कांग्रेसले नै गरेको हो। अहिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पनि कांग्रेस नै ठूलो दल छ। लोकतान्त्रिक पार्टीको छवि देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि अहिलेसम्म कांग्रेसले नै बनाएको छ। तर सांगठनिक र नीतिगत रूपमा कांग्रेस सशक्त बन्न नसक्दा नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिलेसम्म रङ पनि स्पष्ट नभएका खहरे खोला जस्तै उदाएका दलप्रतिको आकर्षण बढ्दो छ।

कांग्रेस महामन्त्री शर्माकै भनाइ मान्ने हो भने कांग्रेस, एमाले, माओवादी खहरे होइनन, निरन्तर बगिरहेका नदीहरू नै हुन्। राजनीतिक परिवर्तनको आन्दोलनमा सक्रिय उनीहरू नदी जस्तै निरन्तर बगिरहे। तर त्यो नदीको पानीलाई बाँध बाँधेर विद्युत् उत्पादन गर्नेतर्फ उनीहरूले ध्यान दिएनन्। नदीमा अथाहा पानी छ तर त्यो आफैं विद्युत्मा परिणात हुँदैन। विद्युत् निकाल्न नदीमै टरवाइन हाल्न मिल्दैन। आज कांग्रेस, एमालेसहितका दलहरू त्यस्तै भएका छन्।

पार्टी नेता तथा कार्यकर्ता कांग्रेसप्रति असन्तुष्ट हुँदै नयाँ दलप्रति आकर्षित हुँदै गएका छन्। गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदाएका नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कांग्रेसका मात्र होइन, एमाले, माओवादी केन्द्रसहित पुराना दलका नेता तथा कार्यकर्ताको आकर्षण बढेको देखिन्छ।

विधानअनुसार पार्टीका सांगठनिक संरचना निर्माण भएका छैनन्। निर्माण भएका संरचना पनि कामकाजी छैनन्। जसले गर्दा पावरहाउमा जम्मा भएको पानी जस्तै बनेका नेता तथा कार्यकर्ता पार्टीबाट अवसर र सम्मान नपाएको गुनासो गर्दै नयाँतिर लागेका छन्।

नेतृत्वमा पुग्न र टिक्न अर्कोलाई आरोपित गर्ने परम्परा कांग्रेसलगायतका ठुला र पुराना दलमा मौलाउँदै गएको छ। नेता तथा कार्यकर्तामा आलोचनात्मक चेत छ। तर संगठन निर्माणको रचनात्मक काममा पार्टी नेतृत्वले उनीहरूलाई उपयोग गर्नसकेको देखिँदैन। पार्टी संगठनको जरा मानिने विद्यार्थी संगठनहरू निष्प्रभावित भएका छन्। विद्यार्थीसँग जोडिनुपर्ने विद्यार्थी संगठनका नेताहरू पार्टी नेतृत्वको दैलो ढुक्नमै व्यस्त छन्।

त्यसले गर्दा कांग्रेस मात्र होइन, एमाले, माओवादीसहितका दलहरूमा नयाँ व्यक्तिको प्रवेश रोकिएको छ। विद्यालय शिक्षा लिँदै गरेका र उच्च शिक्षा सुरु गरेका कुनै पनि वयस्क अहिले कांग्रेस, एमाले वा तिनका विद्यार्थी संगठनका सदस्य बन्न तयार छैनन्। र, बनाउने संरचना पनि छैन। २०७९ सालको निर्वाचनमा घर बसेका ती वयस्क २०८४, २२८९, २०९४ वा त्यसपछिका निर्वाचनका मतदाता हुन्। यो पुस्तासँग कांग्रेससहितका पुराना दलहरूको सम्बन्ध टुटेको छ, विच्छेद भएको छ। नयाँ पुस्तासँग जोडिने पुराना दलसँग न योजना छ न कार्यक्रम।

विधानअनुसार पार्टीका सांगठनिक संरचना निर्माण भएका छैनन्। निर्माण भएका संरचना पनि कामकाजी छैनन्। जसले गर्दा पावरहाउमा जम्मा भएको पानी जस्तै बनेका नेता तथा कार्यकर्ता पार्टीबाट अवसर र सम्मान नपाएको गुनासो गर्दै नयाँतिर लागेका छन्।

बरु अहिलेको शासन व्यवस्था र नेतृत्वले केही दिएन र गरेन भन्ने भाष्य राजनीतिक वृत्तमा स्थापित भएको छ। त्यसले राजनीति र राजनीतिक नेतृत्वप्रति चरम वितृष्णा जगाएको छ। कांग्रेसमा त संगठन होइन गुट बनाउने र भत्काउने होड चलेको छ। पार्टीहरूमा मौलाउँदै गएको स्वेच्छाचारी, नातावाद, कृपावादले कांग्रेस, एमालेसहितका दलका पुराना नेता तथा कार्यकर्ता विस्तारै पलायन हुँदै गएका छन्।

पार्टीमा धनवाद, डनवाद र युवाका नाममा हुने गरेको थिचोमिचोले जिल्लादेखि वडा तहसम्म ६० वर्ष पार गरेको पुस्ताले अपमानित महसुस गर्दैछ। यो पुस्ता अहिले पुराना पार्टीबाट अलग हुन खोज्दै छ। अनि २५ देखि ५५ वर्षसम्मका युवालाई पार्टीकै नेताहरूले आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्न थाले। अहिले उनीहरूमा चरम निरासा र आक्रोश छ। उनीहरू पुराना दल र तिनका नेताहरूप्रति आक्रोशित छन्। यो आक्रोशलाई आशामा परिणत गर्ने कुनै कार्यक्रम र योजना कांग्रेस, एमालेसहितका दलहरूमा छैन।

कांग्रेसको १४औं महाधिवेशनबाट मूल नेतृत्व फेरिएन तर सबैजसो पदाधिकारी ६० वर्षवारिका चुनिए। महाधिवेशनपछि कांग्रेस बदलिन्छ कि भन्ने आशा नेता तथा कार्यकर्तामा मात्र होइन, आमजनतामा पनि थियो। तर महाधिवेशन भएको डेढ वर्षमा पनि गुटका आकार र प्रकारबाहेक कांग्रेस बदलिएन। नेतृत्वको आलोचनालाई मात्र युवा पुस्ताका नेताले आफ्नो सफलता र नेतृत्वमा पुग्ने साध्य ठान्न थालेका छन्। यसबाट कांग्रेसमा आलोचना गर्न त पाइन्छ भन्ने एउटा मान्यता स्थापित गर्न सकिएला तर जनतासँग विच्छेद भएको सम्बन्ध भने जोड्न सकिँदैन। वयस्क, युवा र पुरानो पुस्तासँग टाढिँदै गएका दललाई आफ्नो अस्तिŒव जोगाउन पनि कठिन नहोला भन्न सकिँदैन।

कांग्रेसको १४औं  महाधिवेशनबाट मूल नेतृत्व फेरिएन तर सबैजसो पदाधिकारी ६० वर्षवारिका चुनिए। महाधिवेशनपछि कांग्रेस बदलिन्छ कि भन्ने आशा नेता तथा कार्यकर्तामा मात्र होइन, आमजनतामा पनि थियो। तर महाधिवेशन भएको डेढ वर्षमा पनि गुटका आकार र प्रकारबाहेक कांग्रेस बदलिएन।

अहिले कांग्रेसका नौ लाख (८ लाख ६६ हजार) क्रियाशील सदस्य छन्। यसलाई आधार मानेर कांग्रेसप्रतिको आकर्षण बढेको व्याख्या गर्न सकिन्छ। त्यति मात्र होइन, गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले पाएको सिट संख्यालाई लिएर अझै केही समय रमाउन सकिने ठाउँ पनि छ। किनकी आठ महिनाअघि भएको निर्वाचनमा पाँचदलीय गठबन्धनको टेकोमा संघ र प्रदेशसभामा कांग्रेसको संख्या बदलिएको उसले भुलिसकेको छ। चुनावलगतै संघदेखि सातै प्रदेशमा सत्ताच्युत हुनुपरेको पीडा भुलेका कांग्रेस नेताहरू अहिले सत्ताको राइदाइमा छन्। तर, जनताले कांग्रेस सत्तामा भएको अनुभूति गर्न नसकेको गुनासो बढिरहेको छ।

जनता र कार्यकर्ताबाट गुनासो आइरहेका बेला एक वर्षपछि मंगलबारबाट कांग्रेस केन्दीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले संगठन सुधारदेखि जनतासँग जोडिनेगरी एक वर्षे कार्यक्रम प्रस्ताव गरेका छन्। कांग्रेस विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बस्नुपर्ने प्रस्ताव महामन्त्रीले गरेका छन्। उनले कम्तीमा दुईवटा बैठक काठमाडौं उपत्यकाबाहिर गर्न प्रस्ताव राखेका छन्।

विद्यार्थीसँग जोडिनुपर्ने विद्यार्थी संगठनका नेताहरू पार्टी नेतृत्वको दैलो ढुक्नमै व्यस्त छन्। त्यसले गर्दा कांग्रेस मात्र होइन, एमाले, माओवादीसहितका दलहरूमा नयाँ व्यक्तिको प्रवेश  रोकिएको छ।

पार्टी विधानअनुसार कांग्रेसले महाधिवेशन भएको ५ महिनाभित्र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने हो। तर डेढ वर्षमा केन्द्रीय समितिलाई पनि पूर्णता नदिएको कांग्रेसले अहिलेसम्म प्रचार विभागबाहेक अन्य गठन गरेको छैन। कांग्रेसले पार्टीमा ५ देखि ७ लाख नयाँ सदस्य थप्न ‘घरघर जाउँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने भएको छ। यो अभियान साउन २० देखि २०८१ असार ३१ गतेसम्म चलाउन प्रस्ताव गरिएको छ। कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य छन्।

निकम्मा बनेका कांग्रेसका भ्रातृ संगठनलाई परिचालन र पूर्णता दिने प्रस्ताव पनि बैठकमा ल्याइएको छ। नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ गतेभित्र बनाउने प्रस्ताव गरिएको छ।

पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने जनाइएको छ। त्यस्तै पार्टी संगठनलाई चलायमान बनाउने र पार्टीका पूर्वजलाई स्मरण गर्नेगरी कांग्रेसले विभिन्न कार्यक्रम प्रस्ताव गरेको छ। जनतासँग जोडिनेगरी कार्यक्रम प्रस्ताव गरिएको छ।  

कांग्रेसले जनता र कार्यकर्ताप्रति जवाफदेही बन्न आफ्नो फेसबुक पेजमार्फत पार्टी केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणको अभ्यास सुरु गरेको छ। मंगलबार सुरु भएको बैठकको प्रत्यक्ष प्रसारण गरियो। बैठकमा निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले गत वर्ष भएको निर्वाचनको प्रतिवेदन पेस गरे। प्रतिवेदनमा पार्टीभित्र अनुशासन कायम गर्ने र एकताबद्ध भएर अघि बढ्न सके आगामी निर्वाचनमा अन्य दलसँग तालमेल गर्नुनपर्ने उल्लेख छ। बैठकमा कांग्रेस संसदीय दल (प्रतिनिधिसभा) का प्रमुख सचेतक रमेश लेखकले संसदीय गतिविधिका बारेमा जानकारी गराए।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पनि कांग्रेस नै ठुलो दल छ। तर सांगठनिक र नीतिगत रूपमा कांग्रेस सशक्त बन्न नसक्दा नीति, कार्यक्रम, सिद्धान्त र योजना मात्र होइन, अहिलेसम्म रङ पनि स्पष्ट नभएका खहरे खोला जस्तै उदाएका दलप्रतिको आकर्षण बढ्दो छ।

संघीय संसद्को सबैभन्दा ठूलो दल र सत्ता साझेदारसमेत भएकाले सबैभन्दा जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने अवस्था रहेको लेखकले बताए। सत्ता साझेदारसँगै विपक्षी दललाई पनि समेटेर अघि बढ्नुपर्ने अवस्था रहेको औंल्याउँदै लेखकले संसद्मा प्रमुख प्रतिपक्षी आक्रामक, अधैर्य र कहिलेकाही अपरिपक्व रूपमा पनि प्रस्तुत हुने गरेको बताए।

नयाँ दलहरूमा पनि अपरिपक्वता रहेको बताउँदै उनले भने, ‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ। बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ। अरू प्रतिपक्षीहरू आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन् ।’ केन्द्रीय सदस्यसमेत रहेका लेखकले पार्टीका नेताहरूलाई संसदमा उपस्थित हुन र पूर्ण समय बस्न पनि आग्रह गरे।

बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनबाट ठूलो दल भए पनि सत्ता गुम्दा सबैतिर निरासा छाएको अवस्थामा मूल नेतृत्वसहित अन्य नेताको प्रयासबाट अहिलेको वातावरण निर्माण भएको बताए।

अहिलेको गठबन्धनलाई जोगाउनुपर्ने आवश्यकता रहेको बताउँदै खड्काले गठबन्धन प्रतिकूल अभिव्यक्ति नदिन पनि आग्रह गरे। बैठकमा केन्द्रीय सदस्य आनन्द ढुंगानाले अनुशासन समितिको प्रतिवेदन पेस गर्दै २१ सय उजुरी आएको जानकारी दिए। बैठक बुधबार बिहान ११ बजे फेरि बस्ने छ।

२२ नयाँ विभाग प्रस्तावित

बैठकमा पार्टीमा २२ वटा विभाग थप्ने र भदौ १५ गतेभित्र सबै गठन गरिसक्ने प्रस्ताव गरिएको छ। नयाँ प्रस्ताव गरिएका विभागहरूमा न्याय तथा मानवअधिकार, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय, सामाजिक–सांस्कृतिक अभियान, विकास तथा पूर्वाधार, सुशासन, सहकारी, उद्यमशीलता र साना तथा मझौला व्यवसायी, विकास, विपद् व्यवस्थापन, ऊर्जा तथा जलस्रोत, युवा तथा किशोर–किशोरी, भूपू प्रहरी, ज्येष्ठ नागरिक समन्वय, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार र पूर्वआप्रवासी समन्वय छन्। प्रस्ताव गरिएका नयाँ थपिएमा कांग्रेसमा विभागको संख्या ७० पुग्नेछ। 

प्रकाशित: ३ श्रावण २०८० ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App