५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेसमा सबै जनताको सहभागिता आवश्यकः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताए। उनले सबै आदिवासी जनजातिहरु सहभागिता, समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको उनको भनाइ थियो। उनले नेपाली काँग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताए।

उनले भने, ‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेष गरी नेपालको राजनीतिमा सबैको भुमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ। साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुन आवश्यक छ। त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ। एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो। हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरुले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ। सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा।’

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न काँग्रेस तयार रहेको बताएका छन्।

प्रकाशित: ३० असार २०८० ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App