७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलतः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन्।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताएका हुन्।

उनले प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउनेगरी बोल्न नमिल्ने बताए। त्यस्तै प्रतिपक्ष नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए। उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच÷पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए।

महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनि विगतको स्मरण गराए।

उनले भने, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पु¥याउनेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन। प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो। सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ। बोल्न हेक्का पु¥याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन। त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच÷पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्नेगरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो। हामी त अपेक्षा के गर्छौं भने हरेक कमजोरीहरुलाई सुधार गर्दै कुनैपनि सरकारले पाँच वर्षसम्म काम गर्नसक्ने अवस्थाको पो परिकल्पना गर्ने हो त? पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुभएन भन्ने पाँच÷पाँच महिनामा राजीनामा मागिराखेर जाँदै गर्दाखेरी त्यसले जटिलता आउँछ। हरेक घटनामा राजीनामा दिने हो भने विगतमा त्यत्रो कोरोनाको लफडा हुँदाखेरी स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भनेर आयो। त्यसबेलै राजीनामा हुन्थ्यो होला। जनताद्वारा निर्वाचित संसदले पाँच वर्ष काम गर्ने भनेको बिचमा विघटन भएर त्यहाँ राजीनामा हुन्थ्यो होला। राजीनामा माग्ने कुरालाई हलुको र सस्तो प्रमुख प्रतिपक्ष दलले बनाउनु हुँदैन। विवेकपूर्ण मुद्दा उठाउँदै गर्दा आवेगपूर्ण समाधान खोज्न खोजेको कुरा प्रतिपक्ष दलको गल्ती थियो। अब समाधानमा पुग्छ। दुई, तीन दिन लगाएर अन्ततः फेरिपनि प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल निरन्तर रहनुहुनेछ। प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी कित्तामा रहेका जति साथीहरु संसद अवरुद्ध गर्न उभिनुभएको थियो उहाँहरु अब दुई दिन भित्रैमा शान्तपूर्वक बसेर संसद अगाडी बढेको हामीले देख्नेछौँ।’ 

प्रकाशित: २४ असार २०८० ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App