४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रीपरिषद् बिस्तार हुँदै, प्रधानमन्त्री दाहालका ज्वाइँ मन्त्री बन्ने

कोशी प्रदेशमा आज मन्त्रीपरिषद बिस्तार हुँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको ज्वाइँसमेत रहेका माओवादीका सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने पक्का भएको छ। शुक्रबारै उनी मन्त्री बन्ने टुंगो लागेको भएपनि आज सपथ गराउने तयारी गरिएको हो।

आज आचार्यसहित २ जना मन्त्री नियुक्त गर्ने तयारी भैराखेको प्रदेश प्रमुखको कर्यालयले जनाएको छ। अर्का मन्त्रीकाे टुंगाे लागिसकेकाे छैन। आज नियुक्त भएकासहित सबै मन्त्रीको मन्त्रालय विभाजन पनि गरिने बताइएको छ। मन्त्रालय बाँडफाडबारे अहिले छलफल जारी छ। 

शुक्रबार मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा दुई विना विभागीय मन्त्रीसहित तीन सदस्यीय मन्त्रीपरिषद गठन गरिएको थियो। माओवादी केन्द्रबाट मन्त्री को बन्ने विषयमा विवाद भएपछि शुक्रबार बिहान तीन सदस्यीयमात्र मन्त्रीपरिषद गठन गरिएको थियो।  

स्रोतका अनुसार आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी गरिएको छ। आचार्य यसअघिकाे सरकारमा पनि सामेल थिए। 

प्रकाशित: २४ असार २०८० ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App