१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा देखाएर सत्ता जोगाउने नीति

समाजवादी मोर्चा

सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ। नेकपा माओवादी, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा विप्लवसहित गठन भएको समाजवादी मोर्चाको यात्रा सुरु भएको हो। मोर्चा गठन भएको दुई सातापछि पहिलो बैठक शनिबार नेकपा एसको पार्टी कार्यालयमा बस्यो। शनिबारको बैठकले पनि न्यूनतम साझा अजेन्डा तय गर्न सकेन। मोर्चा ४ असारमा गठन भएको थियो।

त्यसयता सामान्य बैठकसमेत बस्न नसकेको अवस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपा ब्युताउँने चर्चा गरे। करिब १५ दिन त्यो चर्चा गरेपछि शनिबार उनीहरूको अपौचारिक बैठक बस्यो।

बैठकमा नेकपा व्यूताउने चर्चाको विषयमा पनि कुराकानी भए पनि कस–कसलाई कहाँ राखेर व्यूताउने एमालेविनाको नेकपा ब्युताँउदा पर्ने असर बृहत् कम्युनिस्ट मोर्चा बनाउँदाको असरको विषयमा पनि केही चर्चा भएको थियो। तर यसको चर्चाले नेकपा ब्युँताउने भन्दा पनि सत्ता जोगाउने नीति मात्रै भएको देखिन्छ। मोर्चा बनाएपछि सरकारमा ५४ सिट भएको छ। मोर्चाको साझा धारणा बनाएर सरकारमा प्रस्तुत हुने प्रधानमन्त्री दाहालको रणनीतिमा बल पुगेको छ। जसले गर्दा कांग्रेससँगको बार्गेनिङ पावर पनि बढेको छ।

सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ।

मोर्चामा रहेका तीन दल सरकारमा सहभागी भएका कारण शनिबारको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारी मोर्चाभन्दा बाहिरको कार्यक्रम बनाएर अघि बढ्नु पर्ने र यो दीर्घकालीन मोर्चा हुनुपर्ने धारणा राखेको भएपनि उनको धारणाप्रति खासै ध्यान नदिइएको बैठक स्रोतले जानकारी दियो।

‘सरकार जोगाउनेभन्दा पनि बलियो मोर्चा बनाएर जानुपर्ने धारणा राखिएको र अहिलेको मोर्चा सरकार जोगाउने तहको मात्रै हुन नहुने धारणा राख्नु भएको थियो,’ बैठक स्रोतले भन्यो।

बैठकमा चारवटै दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले वर्तमान सरकारले गरेको कामको बारेमा पनि सामान्य चर्चा गरेका थिए। बैठक बस्नु अघि एक सार्वजनिक मञ्चमा नेकपा एसका अध्यक्ष माधव नेपालले वर्तमान सरकारको काम चित्त बुझ्दो नभएको बताएका थिए।

असार १६ मा आयोजित एक कार्यक्रममा उनल वर्तमान सरकारले विकास निर्माणको कामलाई गति दिन नसकेको बताउँदै जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको टिप्पणी गरेका थिए। तर शनिवारको बैठकमा यो विषयमा माधव नेपाल मौन बसे। जसपाले सरकारको बारेमा कुनै टिप्पणी गरेन। माओवादीका नेताहरूले भ्रष्टचार नियन्त्रण र सुशासनको पक्षमा सरकारले राम्रो काम गरिरहेको चर्चा गरे।

मोर्चामा रहेका तीन दल सरकारमा सहभागी भएका कारण शनिबारको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारी मोर्चाभन्दा बाहिरको कार्यक्रम बनाएर अघि बढ्नु पर्ने र यो दीर्घकालीन मोर्चा हुनुपर्ने धारणा राखेको भएपनि उनको धारणाप्रति खासै ध्यान नदिइएको बैठक स्रोतले जानकारी दियो।

शनिबार समाजवादी मोर्चाको बैठक यतिमै सीमित रह्यो। माओवादी नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्तिको विषयमा आपत्ति जनाउँदै एमालेले सदन चल्न दिएको छैन। प्रधानमन्त्रीको राजीनामा माग गरेको हो। सरकारमा रहेका दलहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्ति पचाएका छैनन्।

प्रमुख घटक नेपाली कांग्रेसका सांसद मात्र होइन, महमन्त्रीसम्मले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई रुचाएका छैनन्। प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितमसिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। उहाँ धेरैचोटी दिल्ली पनि जानु भयो,’ प्रधानमन्त्री दाहालले भनेका थिए। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका छन्। संसद चल्न सकेको छैन। संसद् चल्न नसकेपछि दाहालले लगत्तै सत्ता गठबन्धन दलको बैठक राखेर प्रतिरक्षा गर्ने निर्णय गराएका थिए। बिहीबार प्रधानमन्त्री निवासमा बसेको सत्ता गठबन्धन दलको बैठकले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्ने निर्णय गरेको थियो।

संसदमा प्रधानमन्त्रीलाई अप्ठेरो अवस्था आएपछि शनिवार मोर्चाको बैठक राखिएको स्रोतले जनाएको छ। ‘सरकारको प्रतिरक्षा गर्नका लागि यो बैठक राखिएको रहेछ, सरकारले गर्ने कामको बारेमा कार्ययोजना बनाउने विषयमा छलफल भयो अन्य धेरै कुरा हुन पाएन’, बैठक स्रोतले भन्यो। बैठकमा नेकपा विप्लवका नेता खड्कबहादुर विश्वकर्माले मोर्चाको कार्यविधि प्रस्तुत गरेका थिए।

मोर्चाले माधव नेपाललाई मोर्चाको संयोजकको जिम्मा दिएर आँचारसहिता निर्माण गर्न चार सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन्।

नेकपा ब्युँतन्छ त?

समाजवादी मोर्चा गठन भएकै कारण नेकपा व्यूतन नसक्ने अवस्था रहेको छ। मोर्चा गठन भएदेखि नै माओवादी अध्यक्ष र एसका अध्यक्ष नेकपा ब्युँताउनुपर्ने धारणा राखेका थिए।

 कतिसम्म भने नेकपा व्यूताउनका लागि एमाले अध्यक्ष केपी ओलीसँग पनि कुराकानी गरिरहेको बताएका थिए। तर एमालेले यो विषयमा ठाडै अस्वीकार गरेको छ। माओवादी र नेकपा एसकै नेताहरूलाई पनि नेकपा ब्युँतिन्छ भन्नेमा विश्वास छैन। समाजवादी मोर्चा बनाउदा बाबुराम भट्टराई समूहलाई बाहिर राखेर मोर्चा बनाइएको अवस्थामा एमालेलाई बाहिर राखेर बृहत् कम्युनिस्ट एकता वा नेकपा ब्युँताउने नारा केवल नारा मात्रै हुने नेताहरूको दाबी छ।

समाजवादी मोर्चा गठन भएकै कारण नेकपा व्यूतन नसक्ने अवस्था रहेको छ। मोर्चा गठन भएदेखि नै माओवादी अध्यक्ष र एसका अध्यक्ष नेकपा ब्युँताउनुपर्ने धारणा राखेका थिए।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आम चुनावबाट प्राप्त जनादेश अनुरूप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएका नै वामपन्थी एकताको कुरा गर्न थालेको बताउँदै अहिले नेकपा ब्युँताउने कुरा असम्भव रहेको बताएका छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई भने नेकपा ब्युँतिन्छ भन्नेमा विश्वास नभएको बताए।

‘समाजवादी मोर्चा घोषणा हुनुभन्दा धेरै अघिदेखि नै यसको चर्चा परिचर्चा भएको हो तर जब यो हुँदैन भन्ने लाग्यो त्यसपछि सबैले सार्वजनिक खपतका लागि मात्रै बोलेको देखिन्छ। नेकपा ब्युँतन्छ भन्ने लागेको भए हामीले सबभन्दा पहिले नै भनेका थियौं, छलफल हुन्थ्यो हेला, अहिलेसम्म छलफल समेत नभएको विषयमा कसरी नेकपा व्यूतन्छ भन्नु र विश्वास गर्नु?’, नेकपा एसका उपाध्यक्ष पाण्डेले भने।

माओवादीका महासचिव देव गुरुङले नेकपा ब्युँतने चर्चा भएपनि यो औपचारिक रूपमा छलफल हुन नसकेको बताएका छन्। ‘छलफल गर्नु आवश्यक छ, नेकपा ब्युँताउनुपर्छ भन्नेमा हामी दृढ छाैं तर अन्य दलपनि सहमत हुनुपर्याे,’ माओवादीका महासचिव गुरुङले भने।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आम चुनावबाट प्राप्त जनादेश अनुरूप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएका नै वामपन्थी एकताको कुरा गर्न थालेको बताउँदै अहिले नेकपा ब्युँताउने कुरा असम्भव रहेको बताएका छन्।

मोर्चामा जसपा समेत सहभागी भएकाले नेकपा ब्युँतने वा कम्युनिस्ट पार्टी बनाउनेबारेमा जसपाले सुन्न पनि चाहँदैन। जसोतसो विप्लव समूहले बृहत् कम्युनिस्ट मोर्चा बनाउनुपर्छ भन्नेमा सहमति दिनसक्ने अवस्था रहेको छ। तर तत्काललाई यी दुवै सम्भावना नभएको र खासगरी जसपालाई मोर्चाबाट बाहिर नपठाउने नीति रहेको छ। जसपा बिच्किएमा संसद्को अंक गणितमा १२ सिट कम हुनेछ। ‘कांग्रेसलाई देखाउनका लागि र सरकार टिकाउनका यो मोर्चा बनाइएको देखिन्छ, यसबाट नेकपा व्यूतने संभावना निकै कमजोर छ,’ मोर्चाका एक नेताले भने।

नेकपा कतिबेला ब्युतन्थ्यो?

जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघठन गरेको आरोपमा माओवादी एसका नेताहरूले आलोचन गरिरहेका थिए। त्यतिबेला पुस १० गते एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गरे।

त्यसयता एमालेका नेताहरूले नेकपा ब्युँताउने विषयमा सकारात्मक पहल थालिरहेका थिए। राजनीतिमा कहिल्यै पनि सार्वजनिक रूपमा गल्तीको प्राश्यचित नगर्ने तर कामले गल्ती सच्याउन तयार हुने ओलीले दाहाललाई प्रधानमन्त्री बनाएपछि एमालेको भागमा परेको राष्ट्रपति गुम्ने खतरा भएका बेला माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरे। त्यतिबेला ओलीलाई माओवादी सहितको सरकार जोगाउनुपर्ने चुनौति रहेको थियो। ‘ओली चाहन्थे माओवादी अध्यक्षलाई प्रधानमन्त्री दिएर नेपाललाई राष्ट्रपति बनाउदै पुरानो गल्ती कामले सच्याउन चाहन्थे तर राष्ट्रपतिमा नेपाल सहमत हुन सकेनन’, एमालेका एक उपाध्यक्षले भने।

जतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघठन गरेको आरोपमा माओवादी एसका नेताहरूले आलोचन गरिरहेका थिए। त्यतिबेला पुस १० गते एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गरे।

संसदमा ठूलो दल भैकन पनि सरकारबाहिर रहेको कांग्रेसलाई देखाउनकै लागि भएपनि ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउने र नेकपा एसलाई एमालेमा मिलाउदै माओवादीसँगको गठबन्धनलाई कायम राखेर आउदो निर्वाचन अघिसम्म पुरानो नेकपा व्यूताउने प्रयासमा थिए। तर ज माधव नेपालले राष्ट्रपति बन्न अस्वीकार गरे त्यसपछि नेकपा ब्युँताउने च्याप्टर बन्द भएको एमालेका नेताहरूको दाबी छ।

‘कुनै समय थियो नेकपा ब्युँताउन सकिने अवस्थामा हामी मात्र होइन माओवादी पनि पुगेका थिए, एमालेसँगको गठबन्धनलाई कायम राख्न माओवादीका दोस्रो तहका नेता पनि सहमत थिए त्यतिबेला माओवादीकै नेतृत्व नै गठबन्धन भत्काउन लाग्यो जसले गर्दा नेकपा बनाउने मात्र होइन बृहद कम्युनिस्ट मोर्चा गठनमै पनि अवरोध भयो,’ एमालेका एक नेताले भने।

राजनीतिक ध्रुवीकरण आवश्यक: शंकर पोखरेल

यतिवेला नेकपा ब्युँताउने कुराको चर्चा चलाइएको छ। विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरू नै यसमा सक्रिय देखिन्छन्। यतिसम्मकी आम चुनाववाट प्राप्त जनादेश अनुरूप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरू नै वामपन्थी एकताको कुरा गर्न थालेका छन्।

फाइल तस्वीर

नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)विरुद्धमा घेराबन्दी गर्नेहरूले नेकपा ब्युँताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ‘काशी जानु कुतीको बाटो’ भने झंै हो। नेकपा(एमाले) यस्ता बेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ।

अब नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक धु्रवीकरण आवश्यक छ। विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ। त्यसको लागि प्रमुख दलहरूलाई नीति, कार्यक्रम र योजनासहित सुदृढ गर्नु आवश्यक छ। तर त्यो असफल भइसकेको नेकपाको पुनस्र्थापनाको बाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ। तसर्थ अब नेताहरूको टाउका जोडेर होइन भविष्य भएका युवाको मन जोडेर आन्दोलन सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नुपर्छ।

अब नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक धु्रवीकरण आवश्यक छ। विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ।

अहिले जस्तो जनमत गुमाएकाले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्न बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ। नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिक रूपमा नयाँ ढंगले अघि बढ्न प्रतिबद्ध छ। अव हरेकले महसुस गर्ने बेला भयो, विकास र समृद्धिका लागि गठबन्धन नामको अस्थिरता र अलमलको बाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ।

प्रकाशित: २४ असार २०८० ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App