१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्छः सांसद गैरे

फाइल तस्बिर

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताए। उनले नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताए। उनले नदी किनारका ८० प्रतिशत बस्तीहरु भूमाफियाको कब्जामा रहेको भन्ने तथ्य आइरहेको भन्दै बाधालाई हटाएर भूमाफियाहरु बनेर बसिरहने कुराको अन्त्य गर्नुपर्ने बताए। उनले मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने बताए।

उनले भने, ‘हामी वागमती नदी भन्छौँ, तर यो नदी नालीमा रुपान्तरण भइरहेको छ। हामीले ढल, नाला बनाउँदै छौँ। यो नदी जस्तो भइरहेको छैन। नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित नहुने कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ। यसका अवरोध हटाउनुपर्छ। ८० प्रतिशत फेक बस्तीलाई हटाउनका लागि बाधा कहाँ नेर हो, त्यसमा समितिले सघाउनेछ। ढल निकासमा सरकारमा बस्ने, राजनीतिकरण गर्ने कुरालाई रोक्नुपर्छ। मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्छ। जो वास्तविक सुकुम्वासी हुन्, उनीहरु सरकारले बनाएको आवासमा गएर बस्नुपर्छ। अटेर गर्ने हो भने त्यसलाई सोही अनुसार उपचार गर्नुपर्छ।’

सांसद गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरुलाई सोही अनुसारको कारबाही गर्नुपर्ने बताए।  

प्रकाशित: २० असार २०८० ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App