२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन्। 

पार्टीको चुनाव प्रचार कमिटी वडा नं १५ ले स्वयम्भूमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता खनालले विभिन्न समयमा पार्टीले राष्ट्रियताको रक्षा र जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले आफ्नो पार्टीको विजय सुनिश्चित रहेको बताए । उनले स्थानीय तहको निर्वाचनप्रति जनतामा देखिएको उत्साहले अब बन्ने स्थानीय सरकारले देशलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गरे । 

पार्टीका नेता जीवनराम श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले देशमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा गति लिने विश्वास व्यक्त गर्दै महानगरमा अब एकीकृत बस्ती विकासको खाँचो औँल्याए । रासस 

प्रकाशित: २८ वैशाख २०७४ १०:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App