१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

अब बालेनको नजर सहकारीतिर, ३० दिनभित्र सबै विवरण बुझाउन निर्देशन

काठमाडौं महानगरपालिकाकाले महानगरभित्र रहेको सबै सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन निर्देशन दिएको छ।  

महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो।

पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको भन्दै विभागले सबै विबरण माग गरेको हो।  

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।

यसबारे मेयर शाहले आफ्नो आधिकारिक फेसबुक पेजबाट पनि जानकारी दिएका छन्। उनले 'बित्तिय जोखिमबाट बचौँ, सहकारीहरुलाई संकटग्रस्त हुनबाट बचाऔँ' भन्दै लामाे स्टाटस समेत राखेका छन्।

प्रकाशित: १३ असार २०८० ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App