२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्री किरातीले सोधे स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।

मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टिकरण पत्र थमाएका हुन्। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा तपाईले संचारमा माध्यममा अभिव्यक्ति दिँदै हिँडेको र के कति कारणले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको निति कार्यक्रमको विरोध गर्नुभयो भनी मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।  

त्यस्तै सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको भन्दै  ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनु भएका तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’ भनी सोधेका छन्।  

त्यसै गरी अधिकारी महानिर्देशक भएको समयमा नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने?’ भनेर पनि प्रश्न सोधेका छन्  

प्रकाशित: १२ असार २०८० ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App