१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मेयर बालेनविरूद्धको मुद्धा न्यायाधीश ढुंगानाको इजलासमा

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज पनि पेसी चढेको छ। आज उक्त मुद्धा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा ७ नम्बर पेसी सूचीमा तोकिएको छ।  

अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन्। आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदन हेर्न नभ्याइने सूचीमा परेको थियो।

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन्।  

यसअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए।

प्रकाशित: ११ असार २०८० ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App