७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्ड सरकार नै अहिलेको एकमात्र विकल्पः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन्।

आइतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरेर अहिले कुनैपनि विकल्प नरहेको उनको भनाइ छ।

उनले भने, ‘बजेट पास हुन्छ, सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुनेछ। अर्थमान्त्रीज्युले बजे संशोधन गर्छु र उठेका सवाल सुधारेर जान्छु, भन्नुभएको छ, उठेका कुरा सम्बोधन गरिनुपर्छ। अर्थमन्त्रीज्युले प्रतिवद्धता जनाउनु हुन्छ मेरो विचारमा। बाँकी कुरा सुधार गर्ने अधिकार मन्त्रीपरिषद्लाई हुन्छ। त्यसैले यहाँ केही कमिटमेण्ट गराएर पार्टी र संसदलाई आश्वस्त पार्नुहुन्छ। विधि, प्रक्रियामा लगेर उठेका विषय सम्बोधन गर्ने प्रक्रियाबाट अघि बढ्छ। प्रचण्ड सरकार फेरेर अर्को कुनै विकल्प तत्काल छैन। नेपाली काँग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि हुँदैन। नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा छैन।’

उनले नेपाली काँग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे।  

प्रकाशित: १० असार २०८० १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App