५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछः ओली

फाइल।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन्।

बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए। अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे।

उनले भने, ‘मान्छे सम्मानित जीवन अभावरहीत, भोकमरी रहीत सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ। सम्मानित जीवन बाच्न चाहन्छ। समान भएर अरु बराबरको छु है भन्ने हिसावले बाच्न चाहन्छ। त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ। योगले भनेको त्यही हो। योगले भनेको समृद्ध नेपाल, सुखी नेपाली हो आजको सन्दर्भमा योगले गर्न खोजेको कुरै त्यही हो। योगले नेपाललाई समृद्ध बनाउन खोजेको हो, नेपालीलाई सुखी बनाउन खोजेको हो। योगले निकम्भा भाग्यवादमा विश्वास गर भन्दैन। कर्मठ कर्मवादमा विश्वास गर भन्छ।’

अध्यक्ष ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताए। उनले योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको बताए।

प्रकाशित: ६ असार २०८० ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App