३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेस र एमालेको समीकरण बनाइ सरकार बनाउन सहज छैनः माधव सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली काँग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन्।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले र काँग्रेसबीच समीकरण बन्न सहज नरहेको दाबी गरेका हुन्।

उनले अहिले नै एमाले र काँग्रेस बीचमा समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए। उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको बताए। उनले समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित भएको बताए।

उनले भने, ‘हामीले हिजो जुन नेकपा बनायौँ, त्यो नेकपा रक्षा गर्न सक्नुपर्दथ्यो। त्यसको रक्षा हुन सकेन। त्यसको शिक्षा लिएर अहिलेका काम कारबाहीहरुलाई प्रभावकारी रुपमा सम्पादन गर्ने र समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ यो मोर्चा बनेको छ। काँग्रेस एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन। अहिले नै एमाले र काँग्रेस बीचमा समीकरण भइहाल्ने र उहाँहरुले नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन। यसमा कोही तर्सिन जरुरी छैन। समाजवादी मोर्चा भनेको समाजवादका आधारस्तम्भ निर्माण गर्न निर्मित हो।’

सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरुलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताए।  

प्रकाशित: ५ असार २०८० १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App