८ वैशाख २०८१ शनिबार
राजनीति

बालकोटमा दाहाल—ओली भेटवार्ता

प्रधानमन्त्री दाहाल तथा एमाले अध्यक्षा ओली। फाइल तस्विर

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल ओलीसँग भेट गर्न करिब १२ बजे आफैँ ओली निवास पुगेका थिए। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली निवास पुगेका हुन्।

दुई चरणमा गर्ने भनिएको निर्वाचनका विषयमा दुवै नेताहरुबीच छलफल भएको छ। अध्यक्ष ओलीले दुई चरणको निर्वाचनका लागि आपत्ति नभएको भन्दै मतदाता प्रभावित पार्ने, निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी बजेटभन्दा पछाडि निर्वाचन मिति नसार्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालले भेटमा मधेसवादी दलहरुसँग हालै सरकारले गरेको समझदारीबारे ओलीलाई जानकारी गराएका थिए। ‘संघीय गठबन्धन र सरकारबीच भएको समझदारीबारे उहाँहरुबीच छलफल भयो’, प्रधानमन्त्री दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिना नागरिकन्युजसँग भने, ‘निर्वाचनका विषयमा अध्यक्ष ओली निकै सकारात्मक देखिनु भएको छ।’

दुई चरणमा गर्ने भनिएको निर्वाचनका विषयमा दुवै नेताहरुबीच छलफल भएको छ। अध्यक्ष ओलीले दुई चरणको निर्वाचनका लागि आपत्ति नभएको भन्दै मतदाता प्रभावित पार्ने, निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी बजेटभन्दा पछाडि निर्वाचन मिति नसार्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए।

भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधनका लागि एमालेको सहयोगी भूमिकाको अपेक्षा गरेका थिए। ओली निकट स्रोतका अनुसार ओलीले संविधान संशोधनलाई समर्थन गरेर जान सक्ने अवस्था नरहेको जवाफ दिएका थिए। 

प्रकाशित: १० वैशाख २०७४ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App