१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

संसदीय सुनवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ हुँदै

संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ हुने भएको छ। समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज बिहान ८ बजे सुनुवाईको लागि बोलाएको हो।

समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई उनी विरुद्ध परेका उजुरीहरुका बारेमा सोधपुछ गरिनेछ। उनी विरुद्ध परेका २९ वटा उजुरी परेको थियो। ति उजुरीहरुमा बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेको थियो।

लामो समय देखि सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

प्रकाशित: ३२ जेष्ठ २०८० ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App