५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमतलाई पुनः सरकारमा ल्याउन प्रयास

फाइल तस्वीर

जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्। यसका लागि प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग एक/दुई चरण कुराकानी पनि गरेका छन्। सरकारमा सहभागी हुनुपर्ने दाहालको प्रस्तावप्रति राउत सकारात्मक भएको स्रोतको दाबी छ। जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, ‘हामी सरकारमा नजाने भन्ने होइन, जान सक्छौं।’

गत चैत १७ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्री दाहालले जनमतलाई उद्योग मन्त्रालय नदिई खानेपानी मन्त्रालयमै निरन्तरता दिएपछि तत्कालीन अवस्थामा खानेपानीमन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले राजीनामा दिएका थिए। जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो।

जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाल अहिले माओवादीले पाएकै एउटा मन्त्रालय दिएर जनमतलाई सरकारमा ल्याउने गृहकार्यमा छन्। ‘नेपाली कांग्रेस या माओवादीले पाएका मन्त्रालयमध्येबाट एउटा दिनेगरी जनमतलाई सरकारमा ल्याउने तयारी भएको छ’, स्रोतले भन्यो, ‘तर माओवादीले पाएको मन्त्रालय दिने सम्भावना बढी छ।’

जनमत सरकारमा आउन राजी भए संघीय मामिलामन्त्री अमनलाल मोदी या पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई राजीनामा गराउने प्रयास हुनेछ। पर्यटनमन्त्री किराती अहिले नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई अलगअलग बनाउन प्रयासरत छन्। यो प्रयासमा केही व्यक्तिहरू खुशी नभएको स्रोतले बतायो।

स्रोतले भन्यो, ‘पर्यटनमन्त्रीको प्रयास नियामक र सेवा प्रदायक निकायलाई अलगअलग गर्नुपर्छ भन्ने हो। यो काम राम्रो हो तर यसमा केहीलाइ चित्त बुझेको छैन।’

स्रोतका अनुसार पर्यटन वा संघीय मामिला मन्त्रालयमध्ये एउटा पाए जनमत पार्टी सरकारमा जान तयार छ। जनमत पार्टीका एक नेताले भने, ‘तर हामी पुरानै मन्त्रालय खानेपानीमा भने जान्नौं।’

स्रोतका अनुसार जनमतलाई केन्द्र सरकारमा मात्र होइन, मधेस प्रदेश सरकारमा पनि जिम्मेवारी दिने प्रयास भइरहेको छ। अहिले मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्रीलाई जिम्मेवारी नदिईकन बिनाविभागीयमा झारिएको छ। जनता समाजवादी पार्टी (जसपा) को चाहनामा जनमतका मन्त्री वसन्त कुुसवाह र राज्यमन्त्री सञ्जय यादवलाई बिनाविभागीयमा झारिएको हो।

जनमत सरकारमा आउन राजी भए संघीय मामिलामन्त्री अमनलाल मोदी या पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई राजीनामा गराउने प्रयास हुनेछ। पर्यटनमन्त्री किराती अहिले नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई अलगअलग बनाउन प्रयासरत छन्।

जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले जनमत पार्टीका दुई मन्त्रीलाई जिम्मेवारीबाट हटाएर बिनाविभागीय बनाएका हुन्। ‘मधेस प्रदेश सरकारमा जनमत पार्टीबाट सहभागी भएका दुई मन्त्रीलाई पुनः जिम्मेदवारी दिने तयारी भएको छ। यसबारे कुराकानी भइरहेको छ’, जनमत पार्टीका महासचिव सिंहले भने। स्रोतका अनुसार जसपा अध्यक्ष यादव भने जनमतलाई संघीय सरकारमा ल्याउन अनिच्छुक छन्। उनले प्रधानमन्त्री दाहाललाई भेटेरै आग्रह गरेका छन्।

प्रकाशित: २९ जेष्ठ २०८० ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App