२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली सेना सदा संवेदनशीलः प्रधानसेनापति

पाल्पा– नेपाली सेना जस्तो सुकै परिस्थितिमा पनि संवेदशील भई देशको सम्प्रभूता रक्षामा लागिपरेको  रहेकोे प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन्।

शुक्रबार तानसेनको टुँडिखेलमा स्थापना गरिएको कर्णेल उजीर सिंह थापाको शालिक अनावरण गर्दै प्रधानसेनापति क्षेत्रीले देश र जनताप्रति नेपाली सेना सदैव प्रतिवद्ध रहेको बताए। उनी भन्छन्, ‘कठिन परिस्थितिमा पनि सेना संवेदनशील छ ।

देशको राष्ट्रियता, अखण्डता र स्वाधिनता रक्षामा सेना प्रतिवद्ध छ ।’ नेपालको इतिहासलाई संरक्षण गर्ने नेपाली सेना ऐतिहासिक स्थलहरुको संरक्षण तथा संवद्र्धनमा लागि परेको समेत क्षत्रीले बताए ।

पाल्पा उद्योग वाणिज्य संघको सहकार्यमा चण्डीप्रसाद गणले बहादुर विभूति उजीर सिंह थापाको पूर्णकदको शालिक तानसेनको टुँडिखेलमा राखेको छ।

अंग्रेजसँगको युद्धको नेतृत्व लिएका थापाले अंग्रेजहरुमाथि अभूतपूर्व विजयी हासिल गरेको इतिहास छ । जसको सम्झनामा तानसेनमा भगवति रथको सिन्दूरजात्रा समेत निकालिँदै आएको छ ।

प्रकाशित: २५ चैत्र २०७३ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App