८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

अब विद्युत निर्यातको समस्या समाधान हुन्छः अर्थमन्त्री महत

फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन्।

उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए। विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा उनले जोड दिए। उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए।

उनले भने, ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो। अब दिर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ। हामीले विद्युत उत्पादन गर्न सक्नुप¥यो। अब बजारको समस्या हुन्न भन्नेकुरा यो ठूलो उपलब्धिको कुरा हो जस्तो लाग्छ। यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो। अहिले आएर यसले मूर्त रुप लिएको छ। एकातिर हाम्रो विद्युत उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो। यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरुलाई विद्युतीय माध्यमबाट चलाउने ग¥यो भने हाम्रो पेट्रोलियम आयात घट्छ। त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो। एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर। यो चाहीँ ठूलो उपलब्धि हुन्छ। त्यस अर्थमा यो भ्रमण उपलब्धिमुलक रह्यो। दुई वटा ठुला महत्वपूर्ण आयोजनामा लगानी आउँदैछ त्यो पनि राम्रो कुरा हो।’

मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमुलक रहेको भएको बताए।  

प्रकाशित: २१ जेष्ठ २०८० ११:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App