३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसद्को सपथ लिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएकी बिन्दबासिनी कंसाकारले आज शपथ लिँदै छिन्। सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्।

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकार सांसद  बनाएकाे हाे।

पार्टीको निर्णयविरूद्ध ढाकाकुमार श्रेष्ठ अदालत गएका थिए। वैशाख २५ गते सर्वोच्चले हाललाई पार्टीले गरेको निर्णयसहितका काम कारबाहीहरु थप कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने अल्पकाली अन्तरिम आदेश दिएको थियो। तर  जेठ १० गते आदलतले उक्त अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्‍यो। यो सँगै कंसाकार सांसद् बन्ने बाटो खुलेको हो।  

प्रकाशित: १५ जेष्ठ २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App