१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभा बैठक आज बस्दै,

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ।  

शुक्रबार नै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची भएपनि नेकपा एमालेको अवरोधपछि बैठक बस्न सकेको थिएन। बिहान ११ बजेको लागि बोलाइएको बैठकमा एमालेले रोष्ट्रम घेरेपछि २० मिनेटको लागि स्थगित भएको थियो। स्थगित बैठक ३ बजे बस्ने सूचना जारी गरियो  ३ बजे पनि बैठक बस्न नसकेपछि साझ ६ बजे बैठकका लागि बोलाइएको थियो। साँझ ६ बजे पनि बैठक बस्न नसकेपछि शनिबार (आज)सम्मका लागि स्थगित भएको थियो।  

गत बुधबार माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार बैठक अवरुद्ध गरेको हो। सांसद दाहालले प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीका नाममा पित्तल लगाएको आरोप लगाएका थिए। दाहालको आरोप अस्वीकार गरेको एमालेले यस विषयमा सरकारको धारणा माग गर्दै बैठक अवरुद्ध गरेको हो।

प्रकाशित: १३ जेष्ठ २०८० ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App