संघीय संसदको संयुक्त बैठक भोलि बस्ने भएको छ।प्रतिनिधि सभाको आजको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो।
संयुक्त बैठक भोलि बुधवार अपरान्ह ४ बजे बोलाइएको छ।संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए।प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ १० गते बिहान ११ बजे बस्नेछ।
प्रकाशित: ९ जेष्ठ २०८० १३:३२ मंगलबार