२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अबदेखि मलको अभाव हुँदैन: कृषिमन्त्री भुसाल

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले अबदेखि किसानलाई मलको अभाव नहुने बताएका छन्। किसानले सँधै सास्ती व्यहोर्नु परेको भन्दै उनले यसपालि मलको अभाव नहुने बताए।

मन्त्री भएपछि पहिलो पटक जन्मथलो अर्घाखाँची आएका मन्त्री भुसालले पत्र कारहरूसँग कुराकानी गर्दै मलको आवश्यकतालाई पूर्ति गर्न यसपालि मन्त्रालयले समयमै पहल गरेको बताए। मल अहिले मौज्दात पनि रहेकाले यसपालि मलको अभाव नहुने उनको भनाई छ।

‘सँधै रासायनिक मलको समस्याले किसान मारमा परेका थिए, उनले भने, ‘यसपालि समय अगावै मल आउँछ, आइरहेको पनि छ।’

जेठ, असार र साउन महिनामा बढी मल खपत हुने भएकाले मलको अभावले किसान छटपट्टिनु नपर्ने बताए। आवश्यक मलको विवरण संकलन गर्दा किसानले थोरै विवरण टिपाउँदा समस्या देखिए पनि सुधार गरेर लैजाने उनले प्रतिबद्धता जाहेर गरे।

किसानले उत्पादन गरेको अन्नबालीको मूल्य अबदेखि पहिल्यै निर्धारण गरिने भएकाले कृषकलाई सहज हुने उनले बताए। मलसँगै सिँचाइ र बजारको समस्या रहेकाले त्यसमा पनि मन्त्रालयले काम गरिरहेको बताए। 

‘समस्या मलको मात्र छैन, मन्त्री भुसालले भने,‘सिँचाइको अभाव छ, बजारको समस्याका कुराहरू पनि छन्। ती सबै समस्या समाधान गर्नुपर्ने छ।’

कृषिमा आत्मनिर्भर बन्न सके मात्र देश विकासको लयमा जाने भन्दै उनले कृषि क्षेत्रलाई अहिलेको सरकारले प्राथमिकतामा राखेको बताए। यति सानो देशमा कृषि क्षेत्रमा यति धेरै सम्भावना भएको विश्वमा नेपाल नै रहेको दाबी गर्दै उनले उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल तथा तरकारी खेती र तराईमा खाद्यान्न उत्पादन गरेर देशलाई अन्नबालीमा आत्मनिर्भर बनाउन सकिने उनले बताए।

युवाहरू ईजरायल, कोरिया, साउदी अरेयिबा गएर कृषि क्षेत्रमै काम गरिरहेको भन्दै मन्त्री भुसालले त्यही काम गर्न नेपालमा हिचकिचाउने गरेको बताए। चर्को घाममा गएर भेडा चराउनु भन्दा यही भेडा पाल्दा राम्रो हुने उनको तर्क थियो।

‘हाम्रा दाजुभाई ईजरायल र कोरियामा कृषि कर्म गरिरहनु भएको छ। त्यही काम नेपालमै गर्न सके राम्रै हुन्छ। कति साथीहरू खाडी मुलुकमा भेडा चराउनु हुन्छ। हाम्रै नेपालमा भेडा पालनको राम्रो अवसर छ। यहाँ त्यो वातावरण निर्माण गर्नुपर्ने छ।’ मन्त्री भुसालले भने।

अब कृषि र पशुपालनबाट राम्रो नतिजा ल्याएर बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनु पर्ने उनको भनाई छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App