७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपा अमेरिकाबाट संचालित पार्टी हाे: मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले अमेरिकाले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आईपुगेको बताएका छन्।

शनिबार बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले विगतमा यहाँका दलका नेताहरुलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर लागेको बताए।

तपाईले रास्वपालाई भन्न खोज्नुभएको हो? भन्ने प्रश्नमा महामन्त्री सिंहले भने, ‘रास्वपाको निर्माण र उसको विकासमा अमेरिकाको लगानी छ। अमेरिकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफ्नो अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको छ।’

जनमतले सधैं सहि फैसला नगर्ने र अहिले रास्वपाले पाएको जनमत पनि त्यसैको परिणाम भएको बताए। ‘सधैं जनमतले सहि निर्णय गर्दैन, अहिले रास्वपाले पाएको मत भनेको अमेरिकाले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्नका लागि निर्माण गरिदिएको हो,’ उनी भन्छन्,‘अराजकता मच्चाएर आफ्नो अनुकुल निर्णय गराउन अमेरिकाले दल नै खोलेर अगाडि बढेको छ।’

उनले चीनलाई साईजमा राख्नका लागि अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको समेत बताए। ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसंग छ, त्यसले गर्दा पनि उसले चीनलाई साईजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ,’ उनी भन्छन्,‘यहाँको अस्थीरतामा खेलेर नयाँ दलमार्फत त्यो स्वार्थ पूरा गर्ने तयारीमा रहेको देखिन्छ।’  

उनले अहिले देश सामान्य अवस्थामा नरहेको उल्लेख गरे। ‘देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्मनिरपेक्षता लगायतका उपलब्धीहरु जोखिममा परेका छन्,’ उनी भन्छन्,‘प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धीहरुलाई समाप्त पार्ने दाउमा छन्।’ 

उनले आफुलाई कम्युनिष्ट बताउने दल नै प्रतिगमनकारी कित्तामा गएको आरोप लगाए। ‘एमालेको साँठगाँठ अहिले प्रतिगामीहरुसंग छ,’ उनले भने,‘हिन्दुधर्मको आडमा राजा ल्याउन चाहानेहरुलाई अहिले भारत सरकार आदित्य योगीहरुको साथ रहेको छ। उता इसाईकरण गर्दै अमेरिकाले आफ्नो हस्तक्षेप बढाईरहेको छ।’  

नेपालको राष्ट्रियतामा गम्भीर खतरा उत्पन्न भएको उनको भनाई छ। भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताउँदै महामन्त्री सिंहले यही आडमा फेरी पनि प्रतिगामीहरुले टाउको उठाउने अबसर खोजिरहेको बताए।

प्रकाशित: ६ जेष्ठ २०८० १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App