६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

९०३ अर्ब रेमिट्यान्स भित्रियो, विद्यार्थीको पढाईमा ६७ अर्ब १९ करोड बाहिरियो- प्रधानमन्त्री

सांसद्को प्रश्नमा प्रधानमन्त्रीको जवाफ

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच प्रश्नोत्तर चलिरहेको छ। पहिलो प्रश्नमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी विद्यालय सुधार गर्ने सरकारको नीति, मल कारखाना खोल्ने नीतिजस्ता विभिन्न विषयमा प्रश्न गरेकी छन्।

उनले प्रश्न गरिन्, 'सरकारी स्कुल सुधार गर्ने र देशमा नै राजगारी सिर्जनमा गर्ने सरकारको नीति के छ ? विदेशको पढाईमा सरकारको वर्षेनि कति रुपैयाँ विदेशिन्छ?’, र रेमिट्यान्समा कति भित्रन्छ? ' 

साथै उनले मल कारखाना खोल्ने नीति के छ जस्ता प्रश्न गरेकी थिइन्। जवाफमा प्रधानमन्त्री दाहालले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध रहेको बताए। विद्यालयको संरचनागत र भौतिक सुधारमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने उनले बताए।

त्यस्तै अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले आ.व. २०७९-८० को पहिलो ९  महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरीएको पनि जानकारी गराए।

यस्तै यो अवधिमा रू ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यो गत वर्षको भन्दा २४.२ प्रतिशत वृद्धि भएको प्रधानमन्त्रीको भनाइ थियो।

रासायनिक मल उत्पादन गर्नका लागि विभिन्न प्रस्ताव लगानी बोर्डमा आएको र ती प्रस्तावका आधारमा अध्ययन गरी मल कारखाना खोलिने उनले बताए।

प्रकाशित: ४ जेष्ठ २०८० ०७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App