२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्च अदालतको फैसला मान्छौं,पुनरावलोकनको बाटो खुल्ला छ: रेशम चौधरी

फाइल तस्बिर

टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्य रहेको बताएका छन्।

चौधरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसला स्वीकार्य रहेको र पुनरावलोकनको बाटो आफ्ना लागि खुल्ला पनि रहेको बताएका हुन्।

उनले लेखेका छन्, 'मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टिकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोली पुनरावलोकनको बाटो हाम्रो लागी खुल्ला छ।'

सम्मानित अदालतलाई सधैं सम्मान गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै उनले टिकापुर घटनाको फैसलालाई जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न पनि आग्रह गरेका छन्। उनले आफू अझै न्यायको पर्खाइमा रहेको पनि बताएका छन्।

मंगलबार सर्वोच्च अदालतले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो।

०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा चौधरी मुख्य अभियुक्त थिए।  

प्रकाशित: ३ जेष्ठ २०८० ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App