१३ असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न पार्टीले सहयोग गर्छः प्रवक्ता महत

फाइल तस्बिर

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन्।

मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली काँग्रेस पार्टीले सहयोग गर्ने बताएका हुन्।

उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताए। उनले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताए। प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाँणको केस फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणा राखे। अनुसन्धान चलिरहेको उल्लेख गर्दै उनले अनुसन्धानले निकालेको निस्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताए।

उनले भने, ‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडी बढोस्। यसमा पार्टीको पुरा सहयोग हुन्छ। निष्पक्ष हुनुप¥यो यो अनुसन्धान। स्वतन्त्र हुनुप¥यो। निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन। र दोषी निर्दोष हुने अवस्था पनि आउनु भएन। त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ। त्यसमा पुरापुरा सहयोग हामी गर्छौं। र उहाँले म यसमा निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ। त्यसो हुनाले यो विषयमा हामीले निर्णयमा नपुगेको अवस्था हो। र रायमाझीको केस फरक छ। त्यसमा एउटैमा जोड्ने अवस्था पनि म देख्दिनँ। तर अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यो अनुसार पार्टीले आफ्नो दृष्टिकोण बनाउँछ। हामीले भन्दै आएका छौँ स्वतन्त्र, निष्पक्ष अनुसन्धान होस्।’

प्रकाशित: २ जेष्ठ २०८० ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App