२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुद्दा ओझेलमा पार्न प्रमुख तीन दलले बैठक गरेको आरोप

प्रतिनिधिसभा बैठकमा सांसदहरूले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई पक्राउ गर्नुपर्नेमा प्रमुख तीन दल नै बैठक बसेर अपराधी जोगाउन खोजेको आरोप लगाएका छन्। सोमबार बसेको बैठकमा सांसदहरूले प्रमुख तीन दलले अपराधीलाई जोगाउन नहुने बरु पूर्व प्रधानमन्त्रीहरू पनि जिम्मेवार हुनुपर्ने बताए।  

नेमकिपाका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू जिम्मेवार हुनुपर्ने बताए। एमालेका सांसद ठाकुर गैरेले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण माग गरे। उनले भ्रष्टाचारसम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ भइरहेकामा प्रश्न उठाए।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई प्रभाव पार्न तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले तारन्तर भेटिरहेको बताए।  

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचारको मुद्दा मात्र नभई राष्ट्रद्रोह भएको बताए। उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दा देशद्रोह भएको धारणा राखे। ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदै छ, यो सामान्य भ्रष्टाचार मात्र होइन, देशद्रोह हो। यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ,’उनले भने।  

नेता यादवले केही दिनयता ठुला ३ दलका नेताहरू निरन्तर भेटिरहेकामा आशंका भएको पनि बताए। उनीहरूको भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको उनको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले पोसाकको विषय उठाएर नयाँ पुस्तालाई निरुत्साहित गर्न खोजेको बताइन्। प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको आइतबारको बैठकले संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध लगाउने र सांसदले ‘लोगो’ अनिवार्य लगाउनुपर्ने निर्णय गरेको थियो।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई प्रभाव पार्न तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले तारन्तर भेटिरहेको बताए।  

कांग्रेस सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो बनाएको भन्दै आपत्ति जनाइन्। आफूलाई बदनाम गर्ने नियत भएको भन्दै उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको उनले बताइन्। उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरूको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो भने यो ‘क्यारेक्ट असासिनेसन’ (चरित्र हत्या) होइन, ‘दिस इज रेप अफ माई क्यारेक्टर’ (यो मेरो चरित्रको बलात्कार) हा,’ उनले भनिन्।

प्रकाशित: २ जेष्ठ २०८० ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App