२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कुनै पनि हालतमा छुट दिनु हुन्नः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताएका छन्।  प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन्।  

उनले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुने बताए। उनले भने,– ‘त्यो केवल आर्थिक भ्रष्टाचार अथवा अंकसँग मात्रै सम्बन्धित विषय होइन । त्यो ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धी। अथवा यो एकप्रकारको जघन्य अपराध हो। यसमा संलग्न कुनैपनि मानिसहरुलाई छुट दिने कल्पनाको त कुरै नगरौँ । यसलाई कुनैपनि बाहानामा कमजोर बनाउने, यसबाट कसैलाई पनि उन्मुक्ति दिने काम सरकारले गर्नु हुँदैन। पछिल्लो दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि? अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु कहीँ कतैबाट आउन थालेका छन्। यसप्रकारको गल्ती सरकारको तर्फबाट नहोस् भन्ने हामी आग्रह गर्न चाहन्छौँ। यस्तो जघन्य अपराधमा, देशको बेइजति गर्ने, दुनियाँका अगाडी देशको शिर झुकाउने खालको क्रियाकलापमा पूर्व गृहमन्त्रीहरु, उपप्रधानमन्त्री भएका मानिसहरुको समेत नाम आउनु लज्जास्पद विषय हो । त्यसकारण यसको विषयमा अझ व्यापक जानकारी हुन जरुरी छ।’

प्रकाशित: २७ वैशाख २०८० ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App