५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

फाईल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन्।

आईतवार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले अँध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहीत गर्नुपर्ने बताए। उनले गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाईमा लैजान सकिन्छ भन्नेकुरालाई उच्च प्राथमिकता दिन जरुरी रहेको पनि बताए। 

उनले सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान आवश्यक रहेको बताए। उनले विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही सदुपयोग गर्न र युग सापेक्ष बनाउन जरुरी रहेको बताए।प्रधानमन्त्री दाहालले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी रहेको बताए। 

प्रकाशित: २४ वैशाख २०८० ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App