२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकार टिक्छ: उपाध्यक्ष महरा

सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने बताएका छन्।

पूर्वसभामुख समेत रहेका महराले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताएका हुन्।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको उल्लेख गरे।

उपाध्यक्ष महराले भने, ‘पहिलो कुरा, सरकारको बारेमा के हुन्छ भन्ने कुरा आएको छ आजभोली। जस्तो यो मोर्चामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि थियो। अव सरकारमा सहभागी हुने वा नहुने विषयमा आजको मितिहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त? भन्ने जिज्ञासा हुन सक्दछ। यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ। तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभएपनि पर्याप्त बहुमत छ। बहुमतको अभाव छैन। त्यसकारणले सरकार टिक्छ। सरकार यथावत रहन्छ। र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ। त्यसकारण यसमा मैले कुनै दुविधामा नरहन पनि पत्रकार मित्रहरुलाई आग्रह गर्न चाहन्छु।’

प्रकाशित: २३ वैशाख २०८० १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App